लायन्सको मामाघरलाई सहयोग

हेटौँडा । लायन्स क्लब अफ हेटौँडा बजार ग्रिनसिटीले हेटौँडाको नवलपुरमा रहेको मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेको छ । मामाघर नेपालमा रहेका बालबालिकाका लागि खाद्यान्न सहयोग भएको हो ।

क्लबका अध्यक्ष दीपेशमणि भण्डारी, कार्यक्रम संयोजक राज देब बानिया, कार्यक्रम व्यवस्थापक दीपक बर्णवाल, क्लबका पूर्वअध्यक्ष राजेश वाग्लेको टोली मामाघर नेपाल पुगेर आवश्यक विभिन्न खाद्यान्न सहयोग गरेको हो । क्लबले सेवा सप्ताह अन्तर्गत सहयोग गरेको पूर्वअध्यक्ष वाग्लेले बताउनु भयो ।
क्लबले विगतमा पनि अक्सिजन बैंक, सडकआश्रितलाई मानवलाई पनि निशुल्क भोजन सेवा गरेको थियो । क्लबले यस्तो सामाजिक कार्य निरन्तर जारी रहने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.