हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–१० टौखेल क्षेत्रमा ठूलो परिमाणको लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साझ टौखेलबाट मार्खुतर्फ जाँदै गरेको अटोबाट १२१ किलो चरेस फेला परेपछि उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बा.प्र.०३००१ ह १५०७ नम्बरको अटो जाँच गर्ने क्रममा अटोभित्र लुकाइछिपाइ राखिएका १२ वटा रबरका डिब्बाबाट चरेस बरामद गरिएको हो। पक्राउ पर्नेमा अटो चालक थाहा नगरपालिका–४ रुप्से बस्ने २९ वर्षीय घनश्याम बल तामाङ र अटोमा सवार कैलाश गाउँपालिका–५ बस्ने २१ वर्षीय सानुकान्छा थिङ रहेका छन्।
दुवै जनालाई नियन्त्रणमा लिएर उनीहरूलाई अदालतमा पेश गरिसकिएको र जिल्ला अदालत मकवानपुरले थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्










