हेटौंडा–८ मा कमाने प्रिमियर लिग क्रिकेट सुरु

 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ कमानेमा क्रिकेट प्रतियोगिता सुरु भएको छ। कमाने क्रिकेट क्लबको आयोजना तथा हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको मुख्य प्रायोजनमा चौथो संस्करणको कमाने प्रिमियर लिग  क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो।

हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कमाने क्रिकेट क्लबका सचिव विष्णु दाहालको सभाअध्यक्षतामा तथा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका पुरण बहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै युवा खेलाडीहरूलाई धन्यवाद दिए। उनले युवालाई खेलकुदसँग जोड्न सहयोग गरेको भन्दै हेटौंडा–८ का वडा अध्यक्ष राम थापाको पनि प्रशंसा गरे। साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने जानकारी दिँदै उक्त किट हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गर्ने बताए।

प्रतियोगिताको उद्घाटन खेलमा कमाने इ–प्लानेट ब्लास्टर र कमाने एक्सपर्ट भिजन–११ बीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा कमाने लायन्स र कमाने रोयल्स आमनेसामने हुने छन्। प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने खेलमा ६ वटा टिमको सहभागिता रहेको कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिए।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

कार्यक्रममा कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले स्वागत मन्तव्य राखेका थिए। हेटौंडा उपमहानगरपालिका–८ का वडा अध्यक्ष राम थापा, क्लबका सल्लाहकार यज्ञ रायलगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.