मकवानपुरबाट १० किलोभन्दा बढी गाँजासहित ३ भारतीय पक्राउ

मकवानपुर । प्रहरीले १० किलो १२४ ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ४:३० बजे मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित सडकमा लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट UP32FF0055 रहेको कारलाई रोकी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो १२४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त कार चालक भारत उत्तर प्रदेश मुजफ्फरनगर जिल्लाको सिखेडा कवल गाउँ बस्ने २३ वर्षीय मुसिर रहेका छन्। साथै सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र ४४ वर्षीया साबीरा पनि पक्राउ परेका छन्। साबीरा भारतको अम्बा बिहार, गली नम्बर ७, मुजफ्फरनगर उत्तर प्रदेशकी बासिन्दा हुन्।

प्रहरीले गाँजा तथा प्रयोग गरिएको सवारी साधन बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.