विद्यालय खेलकुदलाई प्राथमिकता; अध्यक्ष सिग्देल

हेटाैँडा। हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले उत्कृष्ट खेलाडि उत्पादनकाे लागि विद्यालयबाट नै खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
भुटनदेवी माध्यमिक विद्यालय हेटाैँडा-४ काे प्रथम सप्ताहव्यापी खेलकुद प्रतियाेगिताकाे उद्घाटन गर्दै सिग्देलले शिक्षा र खेलकुदलाई संगै अध्ययन गराउन पर्ने र खेलकुदकाे काेर्ष विध्यालयबाट नै राख्न पर्ने बताएका हुन्  । विद्यार्थीको  शारिरीक र मानसिक विकासमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेकाेले र शिक्षालाई सार्थक बनाउन खेलकुद क्रियाकलाप अपरिहार्य रहेकाे बताए  ।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकाेटी, नारायणप्रसाद तिमल्सिना, कृष्ण कंडेल, अनुगमन समिति संयाेजक ईन्द्रप्रसाद नेपालकाे आथित्यता रहेकाे र कार्यक्रम विद्यालय प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा भएकाे हाे । साताभरी खेलकुदका विभिन्न विधामा प्रतियाेगिता हुने र माघ २३ र २४ गते विध्यालय नगरस्तरीय क्रिकेट प्रतियाेगिता समेत आयाेजना गरिएकाे खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.