हेटाैँडा। नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नाे उम्मेद्वारीले मकवानपुरे जनता खुसी रहेकाे पाईएकाे बताएका छन् । नेकपा एमालेकाे तर्फबाट निर्वाचित वर्तमान र पूर्व जनप्रतिनिधिकाे भेलालाई सम्बाेधन गर्दै रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विकाे बाटाेमा मुलुकलाई अगाडि नेकपा एमालेकाे जीतकाे विकल्प नभएकाे उनकाे भनाई रहेकाे थियाे । विचलित र अन्याैलमा नपरि निर्धक्क भएर निर्वाचनमा जुट्न उम्मेद्वार रानाले आग्रह गरे ।
भेलामा संविधानसभा सदस्य अनन्त पाैडेलले फागुन २१ गतेकाे निर्वाचन राष्ट्रियता विराेधी र राष्ट्रिय स्वाभिमान बीचकाे भएकाेले राष्ट्रिय स्वाभिमान रक्षाकाे लागि नेकपा एमालेलाई जिताउन सबै एकजुट हुनपर्ने बताए । अब बन्ने संसदले मुलुकलाई निकास दिन सकेन भने संविधान र लाेकतन्त्र मात्र संकट पर्दैन राष्ट्रियता नै संकटमा पर्ने उनले बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बैधानिक रूपमा नै निर्वाचन जितेर बहुमतसहित सरकार चलाउन पर्ने बताए । मकवानपुरमा एमालेकाे विगतकाे साखलाई कायम गर्दै निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताए। भेलामा नेकपा एमाले केन्द्रीय लेखा आयाेगकाे सदस्य तथा हेटाैँडा उपमहनगरपालिका दलका नेता नवीन सिग्देलकाे अध्यक्षतामा भएकाे भेलामा पूर्व संसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटीका सदस्यहरू फुर्वादाेर्जे घिसिङ्ग, गणेशकुमारी श्रेष्ठल, नगर कमिटी अध्यक्ष बाेलबहादुर कार्कीलगायतकाे उपस्थिति रहेकाे नेकपा एमाले जिल्ला उपसचिव तथा दलका सचिव फूर्वादाेर्जे लामाले जानकारी दिए ।









