हेटौंडामा प्रतिनिधि सभा सदस्य निर्वाचन शिक्षा सम्पन्न

हेटौंडा। मकवानपुरको हेटौंडामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकारको लागि महिला, एकल महिला समूह मकवानपुरको आयोजनामा तथा कुर्वे उस्ट्रोको सहयोगमा हेटौंडा उपमहानगरपालिकाका एकल महिलाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बागमती प्रदेश निर्वाचन कार्यालयका मतदाता समन्वयकर्ता सुवोध घिमिरेले प्रतिनिधि सभा गठन प्रक्रिया, निर्वाचनको समयावधि, मतदान प्रक्रिया, मतदान केन्द्र र मतदान गर्ने तरिकाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए। उनले मकवानपुर जिल्लामा ३ लाख १५ हजार ३ सय ३४ जना मतदाताको नाम मतदाता नामावलीमा रहेको जानकारी गराउँदै मतको महत्त्व र यसको सदुपयोग गर्न आग्रह गरे।

मतदान गर्दा के गर्ने र के नगर्ने भन्ने विषयमा सहभागीहरूलाई व्यवहारिक अभ्याससमेत गराइएको थियो। कार्यक्रममा प्रदेश अफिसर अप्सरा अर्याल, सचिव कल्पना आचार्य, कोषाध्यक्ष निर्मला पौडेल, सदस्यहरू देवकुमारी बस्नेत, सरला बानियाँ, अन्जु मुडवरीलगायत विभिन्न वडाबाट झन्डै ६० जना एकल महिलाको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.