भरतपुरमा फेला परेको शंकास्पद वस्तु फोहोर मात्र रहेको पुष्टि

चितवन । भरतपुर महानगरपालिका–१५ स्थित रामपुर कृषि क्याम्पसको मुख्य गेट नजिक प्लास्टिकले बेरिएको शंकास्पद वस्तु फेला परेको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३:३० बजे फेला परेको उक्त वस्तु बारे सूचना पाएपछि नेपाली सेनाको  बम डिस्पोजल (BD) टोली घटनास्थलमा पुगेको थियो। डिस्पोजपछि उक्त कार्टुनभित्र फोहोर मात्र रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनापछि केही समय क्षेत्रलाई सुरक्षा घेरामा राखिएको थियो भने अहिले अवस्था सामान्य रहेको जनाइएको छ।

प्रहरीले यस्ता शंकास्पद वस्तु देखिएमा तत्काल नजिक नजान र सम्बन्धित निकायलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.