हेटौंडा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनले नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा करिब तीन गुणा बढी मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनले २२ हजार ८५० मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गतेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।










