हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
कुल खसेको ८७ हजार २८ मतमध्ये उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेका छन् । यससँगै लामिछाने ३९ हजार ६३८ मतान्तरले विजयी भएका हुन् ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेका छन् । यस जितसँगै लामिछानेले अघिल्ला निर्वाचनमा आफूले प्राप्त गरेका मतको रेकर्डसमेत तोडेका छन् ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उहाँले ४९ हजार ३०० मत प्राप्त गरेका थिर भने २०८० को उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका हुन् ।
यसपटक भने उनले आफ्नै मतको रेकर्ड पार गर्दै ५४ हजार ४०२ मत प्राप्त गरेका हुन् । चितवन–२ मा यस निर्वाचनमा २ हजार ७९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।











