झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को जीत निश्चित भएको छ। गन्न बाँकी मतभन्दा उनको अग्रता धेरै भएपछि उहाँको विजय सुनिश्चित भएको हो।
हालसम्म गणना भएको ७५ हजार ३७७ मतमध्ये बालेनले ४७ हजार ७७९ मत प्राप्त गर्नुभएकाे छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६९९ मत पाउनु भएकाे छ। यससँगै बालेन र ओलीबीचको मतान्तर ३५ हजार ८० पुगेको छ।
झापा–५ मा अझै ३० हजार ९९५ मत गणना हुन बाँकी रहेको छ। उक्त क्षेत्रमा कुल १ लाख ६ हजार ३७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्











