मकवानपुरमा १ सय ७ केजी गाँजासहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले १०७.९ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने ३३ वर्षीय सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका–२ सुनारी सौराह बस्ने ३० वर्षीय सन्तबिर मोक्तान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब १०:५० बजे मनहरी गाउँपालिका–८ सिमपानीस्थित देवकोट भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले देवकोटतर्फबाट सिमपानीतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह २०७६ नम्बरको अटो शंका लागेर रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा अटोभित्र १० वटा पोकामा राखिएको १०७.९ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा अटो चालक सन्त सिंह लामा र अटोमा सवार सन्तबिर मोक्तानलाई अटोसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.