हेटौंडामा १५ दिने बारिष्टा तालिम सम्पन्न, स्वरोजगारतर्फ अघि बढ्न आग्रह

हेटौंडा । हेटौंडामा सञ्चालन भएको १५ दिने बारिष्टा (कफी बनाउने) तालिम बिहीबार सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा जिल्ला लघु उद्यमी समूह संघ (डि–मेगा)को समन्वयमा फागुन ४ गतेदेखि २४ गतेसम्म तालिम सञ्चालन गरिएको थियो।

कार्यक्रम निर्देशनालयको आयोजना र डि–मेगाको समन्वयमा सम्पन्न भएको हो। समापन कार्यक्रममा सभाअध्यक्षता दिपेन्द्र रोक्काले गरेका थिए भने प्रमुख अतिथिका रूपमा निर्देशनालयका अधिकृत मुक्तिनाथ निरौला उपस्थित थिए। त्यसैगरी अतिथिहरूमा निर्देशनालय अधिकृत गोविन्दराज जोशी, लेखापाल सजना फुँयाल, प्रशिक्षक रुपेश खड्का लगायत प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरौलाले तालिमपछि सहभागीहरू स्वरोजगार बन्न सके मात्र सरकारी लगानी सफल हुने बताए। उनले सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।

तालिमका प्रशिक्षक रुपेश खड्काले प्रशिक्षार्थीहरूले राम्रो सिकाइ हासिल गरेको उल्लेख गर्दै इच्छुक सहभागीहरूका लागि थप एक महिनाको उन्नत तालिमको व्यवस्था गरिने जानकारी दिए।

सभाअध्यक्ष रोक्काले पनि सहभागीहरूले काम गर्दै जाँदा आवश्यकता अनुसार थप तालिमको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.