हेटौंडामा मुख स्वास्थ्य दिवसको अवसरमा डेण्टल डाक्टरहरुको समन्वय बैठक सम्पन्न

 

हेटौंडा । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा हेटौंडाका डेण्टल डाक्टरहरुबीच छलफल तथा समन्वय बैठक सम्पन्न भएको छ। नेपाल डेन्टल हेल्थ एसोसिएसन (एनडिए) मकवानपुर शाखाको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

बैठकमा डा. राइसा मैनालीले हरेक हप्तामा एक दिन डाक्टरहरुलाई पनि अनिवार्य विश्रामको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका कारणहरू प्रस्तुत गरेकी थिइन्। त्यसैगरी, डा. प्रमिसा गौतमले हेटौंडामा डेन्टल सेवामा देखिएका चुनौतीहरूबारे आफ्ना अनुभव साझा गरिन्।

त्यस्तै, डा. सागर प्रसाद मैनालीले एकआपसमा सहकार्य गर्दै डेण्टल व्यवसायीहरू एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। मनोज लामाले विगतका चुनौती र वर्तमानको सहज अवस्थाबारे चर्चा गर्दै नयाँ पुस्ताका डाक्टरहरुलाई हौसला प्रदान गरेका थिए।

यसै क्रममा, डा. पदम नेपालीले मुख स्वास्थ्यलाई सामान्य रूपमा लिनु गलत हुने बताउँदै समयमै उपचार नगरे अन्य शारीरिक समस्याहरू पनि निम्तिन सक्ने चेतावनी दिए। उनले दाँतको नियमित हेरचाहको महत्त्वबारे पनि जानकारी गराए।

बैठकमा वर्तमान चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गर्दै समस्या समाधानलाई निरन्तरता दिने निष्कर्ष निकालिएको थियो। कार्यक्रममा एनडिएका अध्यक्ष डा. सुनिल कुमार साह, उपाध्यक्ष डा. सागर प्रसाद मैनालीलगायत सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.