इन्टरनेट तार जडान गर्ने क्रममा पोलबाट लड्दा युवकको मृत्यु

हेटौंडा । हेटौंडा-४ कर्राचोक नजिक समितपथस्थित बिजुलीको पोलमा इन्टरनेट तार जडान गर्ने क्रममा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हाल हेटौंडा–१ चौकीटोल डेरा गरी बस्दै आएका १८ वर्षीय भुवन चेपाङ रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४:५० बजेको समयमा बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा चेपाङ अचानक लडेर गम्भीर घाइते भएका थिए।

घाइते चेपाङलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा साँझ ५:३० बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.