मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशको आठौं स्थापना दिवस सम्पन्न

हेटौंडा । मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशको आठौं स्थापना दिवस बिहीबार हेटौंडामा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका मन्त्री शिवराज अधिकारी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले कार्यालयको काम, कर्तव्य, अधिकार तथा आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न कार्यक्रमबारे प्रस्तुतीकरण दिएकी थिइन्।

उक्त अवसरमा सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादे, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिदु श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, गैरसरकारी महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापाकोतालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमकै क्रममा हेटौंडास्थित मुख्य न्यायाधिवक्ताको कार्यालयकी कार्यालय सहयोगी चन्द्रावती अधिकारीलाई नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख उपन्यायाधिवक्ता प्रकाश घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य सहायक न्यायाधिवक्ता राजेन्द्र मणि पौडेलले व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.