हेटौंडाबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

मकवानपुरको हेटौंडाबाट १ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा–१५ स्थित रातोमाटे चेकपोइन्टमा पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचका क्रममा लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कपिलवस्तु बागगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१ बसोबास गर्दै आएका १९ वर्षीय विकास राज पाण्डे र २२ वर्षीय कबिन चन्दन रहेका छन्। उनीहरू बा ८८ प १९८१ नम्बरको मोटरसाइकलमा बर्दिबासबाट हेटौंडातर्फ जाँदै थिए।

प्रहरीले शंका लागी रोकी जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) फेला परेको जनाएको छ।

बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई, लागुऔषध नियन्त्रण ऐन अन्तर्गत म्याद थप गरी मकवानपुर जिल्ला अदालत हेटौंडाको अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.