मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत नलिई मंगलबार प्रदेश सभामा राजीनामा दिएका छन्। सदनमा सम्बोधन गर्दै उनले “वर्तमान परिस्थितिमा मार्गप्रसस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको” घोषणा गरे।
उनको राजीनामासँगै विश्वासको मत सम्बन्धी कार्यसूची हटाइएको छ। सभामुख रामचन्द्र मण्डलले सिंहलाई प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाउन निर्देशन दिएका छन्।सिंहले दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्। अब मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने तयारी छ।
प्रतिकृया दिनुहोस्







