अत्याधिक वर्षाका कारण तीन दिन सवारी साधन आवतजावतमा रोक

मकवानपुर। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म देशभर विशेषगरी मध्य र पश्चिम क्षेत्रका विभिन्न भागहरूमा अत्याधिक वर्षा हुने सम्भावना रहेको छ। यस अवस्थालाई ध्यानमा राख्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सार्वजनिक सूचना जारी गर्दै असोज १८, १९ र २० गतेका लागि “हेटौंडा देखि काठमाडौँ जोड्ने सम्पूर्ण बाटोमा” सवारी साधनको पूर्ण आवतजावत बन्द गरिएको जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा अत्यावश्यक सवारीबाहेक सबै प्रकारका सवारी साधन पूर्ण रूपमा रोक लगाइएको उल्लेख गरिएको छ। साथै, विपद् व्यवस्थापनमा खटिने सबै सरोकारवाला निकायलाई सूचना प्राप्त गराई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.