१२ वर्षीया बालिकामाथि दुई युवाद्वारा क्रूरतापूर्वक पालैपालो बलात्कार

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा साउन २२ गते राति तिजको नाच हेरेर घर फर्किँदै गरेकी १२ वर्षीया बालिका दुई युवाको क्रूरतापूर्वक पालैपालो बलात्कारको शिकार बनेकी छिन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारका अनुसार पक्राउ परेकामा सोही नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्।प्रहरी अनुसन्धान अनुसार, पीडित अन्य चार–पाँच जना साथीहरूसँग घर फर्किँदै गर्दा दुवैले पछ्याउन थाले। पछ्याएको थाहा पाएपछि किशोरीहरूको समूह भाग्यो, तर उनीहरूले १२ वर्षीया बालिकालाई लखेटेर समाते। भाग्ने क्रममा ढुंगाले प्रहार गर्दा उनको हातमा चोट लाग्यो र लडेपछि आरोपितहरूले एकान्तमा लगेर पालैपालो बलात्कार गरे। बालिकाका साथीहरूले भागेर घरमा खबर गरे। अभिभावक घटनास्थल पुगेका बेला पीडित बेहोस अवस्थामा थिइन् भने आरोपित फरार थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। चिकित्सकका अनुसार बालिकाको दाहिने हात मर्किएको छ र संवेदनशील अङ्गमा चोट लागेको छ।

पीडित पक्षको जाहेरीका आधारमा प्रहरीले भोलिपल्ट बिहानै दुवै अभियुक्तलाई नियन्त्रणमा लिएको हो। उनीहरू हाल प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.