मकवानपुर उद्योग वाणिज्य संघद्वारा बाढी प्रभावितका लागि १ लाख ५१ हजार सहयोग

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको उपस्थितिमा शुक्रबार उक्त रकम जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीलाई हस्तान्तरण गरिएको हो।

संघका अनुसार संघमा आबद्ध वस्तुगत संघ तथा सहयोगी उद्योगी व्यवसायीबाट रकम संकलन गरिएको हो। मकवानपुर ग्रील तथा स्टिल व्यवसायी संघबाट ५७ हजार ९१० रुपैयाँ, मकवानपुर यातायात व्यवसायी संघबाट ५१ हजार ५५ रुपैयाँ, मकवानपुर सुनचाँदी व्यवसायी संघबाट २४ हजार रुपैयाँ, मकवानपुर हस्तकला संघका अध्यक्ष रमेशराज बज्राचार्यबाट १० हजार रुपैयाँ र अन्यबाट ८ हजार ३५ रुपैयाँ संकलन भएको जनाइएको छ।

यसअघि पनि संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार ५५१ रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। शुक्रबार हस्तान्तरण गरिएको रकमसँगै बाढी प्रभावितका लागि संघको सहयोग ६ लाख ५६ हजार ५५१ रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.