हेटौँडा । सुत्केरी हुन हेटौँडा अस्पताल पुगेकी ३३ वर्षीया गंगा पुलामी मगरसँग उपचारको सुरुवाती टिकट काट्ने ८० रुपैयाँसमेत नभएको समाचार सार्वजनिक भएपछि सहयोग जुट्न थालेको छ।
विभिन्न सञ्चारमाध्यममा गंगाको अवस्थाबारे समाचार प्रकाशित भएपछि हेटौँडा–२ स्थित निको अस्पतालका सञ्चालक सुधिर दाहालले उनको उपचारका लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन्।
मकवानपुरगढी–२ की गंगा आर्थिक अभावका कारण अस्पतालमै तीन दिनसम्म कठिन अवस्थामा बसेकी थिइन्। शनिबार उहाँलाई अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको छ।
दैनिक ज्याला मजदुरी गरेर पाँच सन्तान हुर्काउँदै आएकी गंगाका लागि उपचारसँगै सुत्केरीपछि परिवारको पालनपोषणसमेत चुनौतीपूर्ण बनेको छ।
प्रतिकृया दिनुहोस्







