सिआन पुनर्स्थापनागृहमा तिज विशेष कार्यक्रम सम्पन्न

हेटौंडा । लागूऔषध दुर्व्यसन तथा मानसिक सन्तुलन गुमाएका महिलाहरूको उपचार तथा पुनर्स्थापनामा समर्पित `सिआन महिला पुनर्स्थापना गृह´, हेटौंडा-९, लामसुरेहाइटमा, हरितालिका तिजको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
आइतबार आयोजित सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, संस्था प्रतिनिधिहरू तथा पुनर्स्थापनागृहमा उपचाररत महिलाहरूको उत्साहजनक सहभागिता थियो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–९ का वडा सदस्य कमला पौडेल,अस्मिता नेपालकी अध्यक्ष आरती पाठक,गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, सिआन पुनर्स्थापनागृहकी कोषाध्यक्ष मना क्षेत्री, तथा सिआन परिवारका अन्य सदस्यहरूले सहभागिता जनाएका थिए।

हाल सिआन पुनर्स्थापनागृहमा २३ जना महिला उपचाररत छन्। कार्यक्रममा उपस्थित अतिथिहरूले संस्थाले गरिरहेको सेवाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले महिलाहरूमा आत्मबल वृद्धि गर्न सहयोग पुर्‍याउने बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.