हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेपछि लागू हुनेगरी इन्धनको मूल्य समायोजन गरेको हो।
नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि भएको छ। इण्डियन आयल कर्पोरेसनले आज पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल तथा डिजेलको दर बढेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
प्रतिकृया दिनुहोस्










