मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको शानदार अग्रता

 

मकवानपुर क्षेत्र नम्बर–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार प्रकाश गौतमले उल्लेखनीय अग्रता बनाएका छन्। हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको भवनमा भइरहेको मतगणनामा हालसम्म १४ हजार ६ सय ९७ मत गणना गर्दा गौतमले झन्डै दोब्बरभन्दा बढी मत ल्याउँदै ८ हजार ९ सय ४६ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डिनाले हालसम्म १ हजार ७ सय २६ मत प्राप्त गरेकी छन्। त्यसैगरी नेकपा एमालेका उम्मेद्वार रामेश्वर रानाले १ हजार ५ सय १४ मत प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले १ हजार ८७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका विजय गौतमले ५ सय ७ मत पाएका छन्। यस अवधिमा ४ सय १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मकवानपुर–१ मा अझै ८० हजार ६ सय १३ मत गणना गर्न बाँकी रहेकाले अन्तिम परिणाम आउन समय लाग्ने अनुमान छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.