आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ भने २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गरिने जनाइएको छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने सरकारको योजना रहेको छ ।








