क्रिक्सल प्रतियोगिताको उपाधि जेसीआई बसामाडीलाई

हेटौंडा । जेसीआई बसामाडीले क्रिक्सल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा जेसीआई हेटौंडा जेनजीलाई ६ विकेटले पराजित गर्दै बसामाडीले उपाधि आफ्नो पक्षमा पारेको हो ।
फाइनलमा जेसीआई हेटौंडा जेनजीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य जेसीआई बसामाडीले ६ विकेट गुमाएर पूरा गरेको थियो । उत्कृष्ट प्रदर्शन गरेका बसामाडीका सुरज भट्टराई म्यान अफ द म्याच घोषित भए । उनी प्रतियोगिताकै म्यान अफ द सिरिजसमेत घोषित भएका छन् ।
यसअघि भएको पहिलो सेमिफाइनलमा जेसीआई बसामाडीले जेसीआई हेटौंडालाई ३ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । उक्त खेलमा जेसीआई हेटौंडाले दिएको ८४ रनको लक्ष्य बसामाडीले पूरा गरेको थियो ।
त्यस्तै, अर्को सेमिफाइनलमा बाई पाएपछि जेसीआई हेटौंडा जेनजीले फाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा जेनजीले जेसीआई बकैयालाई ३ विकेटले पराजित गरेको थियो । बकैयाले दिएको ६० रनको लक्ष्य जेनजीले पूरा गरेको थियो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माया स्पोर्ट्सका बिप्लव पौडेल अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको संयोजन जेसी मित्र गौतमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.