हेटौँडा । हेटौँडा–४ स्थित कपुर कम्प्लेक्समा लट्स अफ फिटनेस जिम सञ्चालनमा आएको छ । आइतबार आयोजित एक कार्यक्रमबीच जिमको औपचारिक शुभारम्भ गरिएको हो ।
स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित जिम सञ्चालनमा ल्याइएको सञ्चालक तार्केश्वर राज गुरुङले बताए । विशेषगरी लागुऔषध तथा दुर्व्यसनको समस्यामा परेका युवालाई नियमित व्यायाम र सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्य पनि रहेको उनको भनाइ छ ।
जिममा शारीरिक व्यायाम तथा फिटनेसका लागि आवश्यक विभिन्न सुविधा र प्रशिक्षणको व्यवस्था गरिएको छ । महिला र पुरुष दुवैलाई लक्षित गरी छुट्टाछुट्टै आवश्यकताअनुसार व्यायाम तथा प्रशिक्षणको सुविधा उपलब्ध गराइएको सञ्चालक गुरुङले जानकारी दिए ।
महिलालाई सहज र सुरक्षित वातावरणमा व्यायाम गर्न सक्ने गरी विशेष व्यवस्था गरिएको जिम व्यवस्थापनले जनाएको छ । महिलामैत्री शौचालयसँगै महिला प्रशिक्षकको समेत व्यवस्था गरिएको छ ।
सञ्चालक गुरुङका अनुसार करिब १ करोड ५ लाख रुपैयाँ लगानीमा जिम सञ्चालनमा ल्याइएको हो ।







