एमालेको निर्णय: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने ढोका बन्द?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा सक्रिय हुने तयारीमा थिइन्। तर मंगलबार राति सकिएको नेकपा एमालेको केन्द्रीय समिति बैठकले भण्डारीले अब पार्टी सदस्य, कार्यकर्ता वा नेता बन्न नपाउने निर्णय गरेपछि यो बाटो बन्द भएको देखिन्छ।

पार्टीले भण्डारीको सक्रियता संविधानको मर्म र भावनाविपरीत हुने ठहर गर्दै सदस्यता नवीकरण नगर्ने निर्णय गर्‍यो। २६४ सदस्यीय बैठकमा केवल ३ जनाले मात्र ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाए।

भण्डारीलाई समर्थन गर्दै आएका उपाध्यक्ष ईश्वर पोखरेलले भने पार्टीको निर्णय प्रक्रियाबारे आपत्ति जनाए पनि औपचारिक असहमति भने जनाएनन्। अर्का नेता कर्ण थापाले निर्णयलाई बलजफती र विधानविपरीत भनेका छन्।

राजनीतिक विश्लेषक कृष्ण खनालका अनुसार, “राष्ट्रपतिले फेरि दलगत राजनीतिमा फर्किनु उचित होइन।” उनका अनुसार, यो निर्णय भण्डारीका लागि व्यक्तिगत रूपमा गाह्रो भए पनि लोकतान्त्रिक प्रणालीका लागि आवश्यक हो।

अब भदौमा हुने विधान महाधिवेशनमा भण्डारी सहभागी हुन पाउँछिन् वा पाउँदिनन् भन्ने अन्योल कायमै छ। कतिपय नेताहरूले अझै भित्रैबाट सहमति र संवादको बाटो खोज्नुपर्ने बताउँदै कानुनी उपचारको विकल्प खुला रहेको पनि जनाएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.