मुख्यमन्त्री लामाद्वारा राजीनामा दिने घोषणा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने घोषणा गर्नुभएको छ।

९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिने घोषण गर्नुभएको हो ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत सुनाउनुभएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिन लागेको उहाँले बताउनुभयो ।

आफू इमान्दरपूर्वक काम गर्दागर्दै पनि आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताउनुभयो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको उहाँको आरोप छ ।

मुख्यमन्त्री लामाले भोलि प्रदेश प्रमुखलाई राजीनामा बुझाउननु हुने जानकारी प्राप्त भएको छ ।

संविधानको १६८ (२) अनुसार मुख्यमन्त्री हुँदा दलको नेता आवश्यक नहुने भन्दै लामाले राजीनामा नदिने अडान लिएका थिए ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.