धेरै समयको खडेरीपछि परेको झरीले बागमती प्रदेशको आकाश मात्र होइन, राजनीति पनि सक्रिय छ। अहिलेको राजनीतिक परिदृश्य हेर्दा, लाग्छ, बागमतीको सत्ताको आकाशमा पनि ‘इन्द्र’कै नियन्त्रण देखिन थालेको छ।
“प्रदेश माथि जनताको आशा र भरोसा जगाउन मेरो सक्रियता रहने छ । सँगै हेर्न,लेख्न र बोल्न पाउने काम हुनेछ।”
प्रदेशको राजनीतिक खेलमा नयाँ अध्याय सुरु भएको छ। नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँ बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै उनले मुख्यमन्त्री बहादुरसिंह लामाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए। बानियाँको दबाब, गठबन्धनको रणनीति र शक्ति सन्तुलनबीच लामाले अन्ततः राजीनामा दिए। त्यसलगत्तै इन्द्र बहादुर बानियाँले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। अबको अर्को चरणमा, उनी भोलि (सोमबार) बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीको रूपमा सपथ लिने तयारीमा छन्।
यसै सेरोफेरोमा रहेर समाचार विचार टिमले बानियाँसँग गरेको कुराकानी यहाँ हेर्न सक्नुहुनेछ:










