बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।
हाल रिक्त रहेका मन्त्रालयहरूमा पूर्णता दिन नेपाली कांग्रेसको भागमा रहेका ५ मन्त्रालयमा मन्त्री नियुक्त गरी आजै सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नयाँ मन्त्रीहरूसहित बागमती प्रदेशको मन्त्रिपरिषद् यस प्रकार रहेको छः
१.इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. मधुसूधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
३. शिवराज अधिकारी – आन्तरिक मामिला तथा कानून मन्त्रालय
४. किरण थापामगर – स्वास्थ्य मन्त्रालय
५. उर्मिला नेपाल – युवा तथा खेलकुद मन्त्रालय
६. कन्चन चन्द्र वादे – सामाजिक विकास मन्त्रालय
७. डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
८.प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्रालय
९. भरतबहादुर के.सी. – वन तथा वातावरण मन्त्रालय
१०. सुरेश श्रेष्ठ – संस्कृति तथा पर्यटन मन्त्रालय
११. जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२. कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय
१३. विन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
१४. विनु रायमाझी पौडेल – सहकारी तथा गरिबी निवारण मन्त्रालय
नयाँ मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को यो पुनर्गठनले प्रदेश सरकारको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरेकाछन् ।











