मोटरसाइकलको ठक्करबाट ९२ वर्षीया पैदलयात्रीको मृत्यु

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–३ फुट्सल चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब ९ बजे मक्राञ्चुलीबाट हेटौडातर्फ आइरहेको ना.४३ प २०४० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहनुभएकी ९२ वर्षीया नन्द कुमारी न्यौपानेलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी उहाँको शरीरका विभिन्न भागमा भित्री चोट लागेर गम्भीर घाइते हुनुभएको थियो।

दुर्घटनापछि मोटरसाइकल चालक २४ वर्षीय सन्तोष थापा मगर र स्थानीय कृष्ण प्रसाद दाहालले घाइते न्यौपानेलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि घाइतेको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो।

तर, अपरेशन गर्न समेत नमिल्ने अवस्था देखिएपछि पुनः फर्काएर मकवानपुर सहकारी अस्पतालमा भर्ना गरिएको थियो। राति करिब ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.