नेवारपानीमा ९ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौंडा –  हेटौंडा–१९, पुलचोक टोल निवासी कुमार थिङकी ९ वर्षीया छोरी प्रभा थिङ मृत अवस्थामा फेला परेकी छन्।

प्रभा थिङ  भदौ १७ गते दिउँसो करिब ४ बजे आफ्नै घरबाट एक्लै निस्किएर वेपत्ता भएकी थिइन्। आफन्त तथा प्रहरीको खोजी कार्यको क्रममा आज बिहान ८:१५ बजे घरदेखि करिब ७०० मिटर दक्षिणतर्फ रहेको राप्ती खोलाको पानीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.