सामाजिक अभियानता महतको आक्रोश: “३४ जनाको बलिदान बेकार नजाओस्”

हेटौंडा । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जारी आन्दोलनमा ३४ जनाको ज्यान गएको पुष्टि भएपछि सामाजिक अभियन्ता विशालराज महतले सरकार र राजनीतिक दलप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

फेसबुकमार्फत प्रतिक्रिया दिंदै महतले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई वाक स्वतन्त्रता र मौलिक हकमाथिको हस्तक्षेप भन्दै सरकारलाई “तानाशाही” भएको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, “भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने निहत्था युवामाथि सरकारले दमन ग¥यो। एमाले–कांग्रेस गठबन्धनको सरकारले यस्तो गर्नु दुःखद र खेदजनक छ।”

महतले दलका युवा संगठनहरू आन्दोलनमा चुप लागेर बसेकोप्रति निराशा व्यक्त गर्दै भनेका छन्, “गलत थाहा हुँदा हुँदै पनि कसैले बोल्ने हिम्मत गरेन। आज संविधान बचाउन भन्दै आन्दोलनमा उत्रन सक्ने हिम्मत देखाइयो, तर त्यो हिजो किन देखाउन सकिएन?”

सरकारी तथ्यांकअनुसार ३४ जनाको मृत्यु भइसकेको छ। महतले ती सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै नेपालीलाई दलगत स्वार्थभन्दा माथि उठेर अन्याय र भ्रष्टाचारविरुद्ध एकजुट हुन आग्रह गरेका छन्।

“यो हाम्रै भाइहरूको रगत हो। अब हातेमालो गरौं, साझा मुद्दामा साथ दिऔं,” भन्दै उनले सबैसँग सहकार्यको प्रस्ताव पनि राखेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.