ट्रामाडोल क्याप्सुलसहित एक युवक पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाका आधारमा हेटौंडा –११ स्थित थानाभर्याङ सिमलटारमा लागूऔषध कारोबार भइरहेको आशंकामा प्रहरी टोली खटिएको थियो। सोही क्रममा साढे १२ बजेतिर प्रहरीले सोही स्थान बस्ने २३ वर्षीय अजय रिजाललाई फेला पारी खानतलासी गर्दा लुकाई राखिएको अवस्थामा २२५ क्याप्सुल ट्रामाडोल फेला परेको हो।

लागूऔषध बरामद भएसँगै उनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी लागूऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.