हेटौंडा–२ गुम्बाचोकमा एक महिलाको रहस्यमय मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२, गुम्बाचोकस्थित एक घरमा ५३/५४ वर्षीया नानीमाया रुम्बाको रहस्यमय मृत्यु भएको छ। मृतक रुम्बा आफ्ना श्रीमान् शंखलाल डङ्गोलसँग बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मंगलबार राति करिब १२ बजे नानीमाया आफ्नै घरको दोस्रो तलाको कोठामा छुट्टै सुतिरहेकी थिइन्। तर, भोलिपल्ट बिहान करिब ३ बजे श्रीमान् शंखलाल डङ्गोलले उनलाई बोलाउँदा प्रतिक्रिया नआएपछि शंका व्यक्त गर्दै तुरुन्तै छोरी, छोरा र माइती पक्षलाई खबर गरेका थिए।

बुधबार ११:४५ बजे उनका छोरा बाबु थिङ (जो नानीमायाको पहिलो श्रीमानबाट जन्मिएका हुन्) घटनास्थलमा आइपुगेका थिए र तत्कालै प्रहरीलाई खबर गरेका थिए। प्रहरी  घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरिएको प्रहरीले  जनाइएको छ।

शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ। घटनाको प्रकृति रहस्यमय देखिएकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.