हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बानियाँले मंगलबार बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुभएको छ।
बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत जाहेर गरेका थिए । उनको पक्षमा ६३ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । प्रदेशसभाका कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् ।
कांग्रेसका एकजना सांसद विदेशमा रहेका कारण बृठकमा सहभागी भएनन् । प्रदेशसभाको बैठकमा ९२ सांसदको उपस्थिति रहेको थियो । कांग्रेस र एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेका थिए । मुख्यमन्त्री बानियाँको विपक्षमा माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा र हाम्रो नेपाली पार्टीले मतदान गरेका थिए ।









