हेटौंडा । स्वरुप परिवर्तन गरी समाजमा ध्वनी प्रदूषण र अशान्ति फैलाउने ७ वटा मोटरसाइकललाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले सोमबार ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ती मोटरसाइकलहरूमा कम्पनीको साइलेंसर हटाएर ठूलो आवाज निकाल्ने गरी परिवर्तन गरिएको थियो। साथै, रातको समयमा ती मोटरसाइकलहरू चर्को आवाजमा चलाएर शान्ति सुरक्षा खलल पार्ने, आम सर्वसाधारणमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न थिए।
नियन्त्रणमा लिएका मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्









