मकवानपुरगढी–२ चण्डिका माविमा किशोर–किशोरीलाई आत्मरक्षा र लैङ्गिक हिंसा विरुद्ध तालिम

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माध्यमिक विद्यालयमा मंगलबार किशोरीहरुलाई आत्मरक्षा तथा किशोरहरुलाई लैङ्गिक हिंसा सम्बन्धी तालिम प्रदान गरिएको छ। “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित संचालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

किडपावर, ईस्थर बेन्जामिन मेमोरियल फाउन्डेशन, बालकल्याण समाज मकवानपुर र मकवानपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा किडपावरकी अन्तर्राष्ट्रिय प्रशिक्षक सुष्मा पोखरेलले किशोरीलाई हिंसाबाट कसरी जोगिने, जोखिममा परे प्रतिकार गर्ने तरिका तथा भौतिक आत्मरक्षाका कौशलबारे प्रशिक्षण दिइन्।

त्यस्तै बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले किशोरहरुलाई लैङ्गिक हिंसाका प्रकार, यसका प्रभाव तथा रोकथाममा युवाको भूमिकाबारे प्रशिक्षण प्रदान गरे।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखान सिंह पाखृन प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार लामा गोले सभाध्यक्ष रहेका थिए। विद्यालयका प्रधानाध्यापक कमल फुयाल, निवर्तमान प्रधानाध्यापक विर बहादुर गोले, सहायक प्रधानाध्यापकहरु दुर्गा कुमारी सन्जेल र रमेश पौडेल, किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनाल, ईस्थर बेन्जामिनका कार्यक्रम अधिकृत अमिर दाहाल, परियोजना सहायक सविना ओलीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कक्षा ८, ९ र १० का एक सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो।

निम्न प्रतिबद्धतासहित शिक्षक, विद्यार्थीलगायत उपस्थितले हस्ताक्षर समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.