हेटौंडा।ट्राफिक चेकिङका क्रममा प्रहरी जवानलाई घाइते बनाई फरार भएका चालक तथा सवारी धनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुस १७ गते राति करिब ७:४५ बजेको समयमा हेटौंडा–११ थानाभर्याङमा चेकिङ ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई घाइते बनाई चालक फरार भएका थिए।
उक्त घटनामा संलग्न चालक हेटौंडा–४ बस्ने ४६ वर्षीय बासुदेव आचार्यलाई ज्यान मार्ने उद्योग कसुरममा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी घटनामा संलग्न सवारी साधन र चालकलाई भगाउन सहयोग गरेको आरोपमा सवारी धनी हेटौंडा–१९ बस्ने ४३ वर्षीया राधिका बी.के.लाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्









