सहयोग पेटिकामा संकलन भएको रकम बालगृहलाई

हेटौंडा । हेटौंडा – ५ सिचाईँ टोलमा रहेको हाम्रो घर बालगृहबाट सहयोगका लागि राखिएको सहयोग पेटिकामा ११ हजार सहयोग संकलन भएको छ।
हेटौंडा -४ सितलमहल चोकस्थित होटेल तुरहीमा राखिएको पेटिकामा उक्त सहयोग संकलन भएको हो।

होटेल प्रोपाइटर धन गहतराजको होटलमा ३ वर्ष अगाडि राखेको सहयोग पेटिकामा उक्त सहयोग संकलन भएको हो ।
उक्त सहयोग पेटिका होटेल संचालकले शुक्रबार एक कार्यक्रमकाबीच बालगृहमा पुगेर पेटिकासमेत हस्तान्तरण गरेका थिए।
३ वर्षमा संकलन भएको सहयोग ११ हजार ३८० रुपैयाँ हस्तान्तरण गरेपश्चात सो पेटिका पुन सहयोगका लागि होटेलमा नै लगेर राखिने गहतराजले बताए।

पाँच वर्षदेखि होटेल व्यवसाय गरिरहेका गहतराजले
बालगृहलाई प्रत्येक वर्ष सहयोगसमेत गर्दै आइरहेका थिए ।
८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा अहिले २४ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.