हेटौँडामा ‘आश्रियाना गर्ल्स होस्टल’ अध्ययनरत छात्रा र जागिरे महिलाका लागि सुरक्षित र सहज आवासको नयाँ विकल्प बनेको छ।
हेटौँडा, मनकामना चोकमा सञ्चालक सृजना सापकोटाले सञ्चालन गरेको होस्टलमा बसिरहेकी पूजा सिंह भन्छिन्, “लाग्दैनकि म घर बाहिर छु, यो त होस्टल होइन, होम स्टे हो।” उनको भनाइअनुसार यहाँको वातावरण, आत्मीय व्यवहार र पारिवारिक माहोलले नयाँ ठाउँमा पनि आफ्नै घरको अनुभव हुन्छ।सञ्चालक सापकोटाका अनुसार, होस्टलमा स्वच्छ बसोबास, पौष्टिक भोजन, २४ घण्टा इन्टरनेट, अध्ययन कक्ष, तथा महिलामैत्री सुरक्षा व्यवस्था गरिएको छ। उनले थपिन्, “हाम्रो उद्देश्य छात्रा
र रोजगारी गर्ने महिलालाई निश्चिन्त, सुरक्षित र पारिवारिक वातावरणमा राख्नु हो।” सञ्चालक सापकोटा भन्छिन्,“हाम्रो उद्देश्य केवल आम्दानी मात्र होइन, महिलाहरू र किशोरीहरूका लागि सहज र सुरक्षित आवास र खानपान उपलब्ध गराउनु हो। हामी यहाँ बस्ने छोरीहरूसँगै खान्छौं, पारिवारिक माहोल दिन्छौं। एक दिन लोकसेवा दिन आउनेदेखि वर्षौंसम्म पढेर र जागिर गरेर बस्नेहरूले पनि हामीलाई आफ्नो दोस्रो घरको रूपमा सम्झिन्छन्।”
‘आश्रियाना गर्ल्स होस्टल’ मा बस्न इच्छुकले ९८४५०७२७९५ वा aashriyanagirlshostel@gmail.com मा सम्पर्क गर्न सक्नेछन्









