हेटौंडा–२ मा सञ्चालनमा आएको ‘आश्रियाना गर्ल्स होस्टेल’ ले विद्यार्थी र रोजगारीका सिलसिलामा हेटौंडा आउने युवतीहरूका लागि सुरक्षित, आरामदायी र पारिवारिक वातावरणमा बसोबासको सुविधा प्रदान गर्दै आएको छ।

होस्टेलकी सञ्चालिका श्रीजना सापकोटा दुलालका अनुसार “आश्रियाना गर्ल्स होस्टेल केवल व्यवसाय नभई सेवा हो,” उनले भनिन्, “यो महिलाहरूका लागि आत्मनिर्भरता र उद्यमशीलतामा अघि बढ्ने अर्को कदम हो।”
उनका अनुसार हेटौंडा जस्ता सहरमा पढाइ र रोजगारीका अवसर बढ्दै जाँदा सुरक्षित र व्यवस्थित आवासको आवश्यकता देखिएको थियो। सोही आवश्यकता पूरा गर्नका लागि उनले यो होस्टेल सञ्चालनमा ल्याएको बताइन्।
होस्टेलमा स्वच्छ भोजन, अध्ययनमैत्री वातावरण, २४ घण्टा सुरक्षा, इन्टरनेट सुविधा र घरको अनुभूति दिने व्यवस्थालाई प्राथमिकता दिइएको छ।
सापकोटाले थपिन्, “महिलाले पनि समाजमा परिवर्तन ल्याउन सक्छन्, हामीले सुरु गरेको यो होस्टेल त्यसको सानो उदाहरण मात्र हो।”
समाजसेवा र उद्यमशीलताको संयोजनका रूपमा स्थापित ‘आश्रियाना गर्ल्स होस्टेल’ हेटौंडा क्षेत्रका छात्रा र कामकाजी युवतीहरूका लागि अब सुरक्षित ठेगानाको पर्याय बन्दै गएको छ।










