जीवन : कर्म, धैर्य र सद्भावको यात्रा

सत्य असत्य हेर्ने नयन हुन्

साक्षी बाँकी सबै भ्रम

हार मान्नु हुँदैन

जीवनको अर्को नाम नै हो परिश्रम

आफ्नो कर्म नगरि अरुको कुभलो चिताउँदछ जो

ईर्ष्या गर्नु भनेको त आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।

पाप खराब व्यवहार मात्र होइन हो

कुविचार पनि सद्भाव नै पूण्य हो

थाहा छ किन गर्छौ घमण्ड

अनि लागेपनि चोट दुखेपनि घाउ

नबोकि हिँड्नु है पीर

काटियोस् बरु शत्रुको सामु

झुकाउनु हुँदैन यो शिर ।

हृदयको अँध्यारो मेटिए मात्र

लाग्दछ विचारमा घाम

व्यर्थ हुन्छ जीवन

मान्छे भएर नलागे मान्छेकै काम

अघि बड्नु पर्छ साथमा बालेर आशाको दीप नौलो

अनि बल्ल आउँछ यहाँ हर्ष बोकेर बिहानी सुनौलो ।

मरेर लानु केही छैन संसारमा

छोडेर जानु छ छाप

सारा साँचेर के गर्नु लोभले लाभ, लाभले विलाप

आफैँ बाटो बन्छ निरन्तर बगिरहे नदीको त्यो जल

धैर्य गर्न सक्नु पर्यो अवश्य पाइन्छ मिहिनेतको फल ।

सुजन विश्वकर्मा हेटौँडा – मकवानपुर

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.