हेटौंडा । हेटौंडामा २ सय ४५ घण्टे बार्बर (हजाम) तालिम सम्पन्न भएको छ। महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपालको आयोजना तथा बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिम समापन गरिएको हो।
कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक इन्दिरा न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख डा. भिमप्रसाद तिमल्सिना प्रमुख आतिथ्यता थियो । कार्यक्रममा ब्युटिसियन तारा राईको पनि आतिथ्यता थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमल्सिनाले प्रशिक्षार्थीहरूलाई लगनशीलताका साथ आफ्नो सीप र पेशालाई निरन्तरता दिन आग्रह गरे। उनले युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्न सरकार सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा थप तालिमका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिममा प्रशिक्षक किरण अधिकारीले प्रशिक्षण दिएका थिए। तालिम समापन कार्यक्रममा सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।











