सामाजिक रुपान्तरणका लागि महिलालाई आयमूलक अचार बनाउने तालिम

हेटौंडा । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि महिलालाई लक्षित गर्दै २ दिने आयमूलक अचार बनाउने तालिम सुरु गरिएको छ।

नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास कार्यालय हेटौंडाको प्रबर्द्धनमा बुधबारदेखि २० जना महिलाको सहभागितामा तालिम सुरु भएको हो। तालिममार्फत महिलालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

नेपाल मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठको सभाअध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको प्रमुख आतिथ्यता थियो।

कार्यक्रममा मानव अधिकारकर्मी सुनिरा लामा, प्रशिक्षक सूचना श्रेष्ठ, संगठनकी कोषाध्यक्ष तेजकुमारी थापा, सचिव अपेक्षा बस्नेतलगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.