हेटौंडा । हेटौंडा–४ स्थित कभर्ड हलमा शनिबार आयोजित जिल्लास्तरीय खुल्ला टेबलटेनिस प्रतियोगिताको उपाधि रविन्द्र नेपालले जितेका छन्।
जिल्ला टेबलटेनिस संघ, मकवानपुरको व्यवस्थापन तथा राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा–४ नम्बर वडा कमिटीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा नेपालले डिफेन्डिङ च्याम्पियन एन्जल विष्टलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।
प्रतियोगितामा परासर वाग्ले र गोपाल गुरुङ तृतीय भएका छन्। प्रतियोगितामा मकवानपुर जिल्लाका २८ जना खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन नेकपा एमालेका नेता एवं हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएको थियो। विजयी खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, शिल्ड तथा मेडल प्रमुख अतिथि सिग्देल र कार्यक्रमका अध्यक्षले संयुक्त रूपमा प्रदान गरेका थिए।हेटौंडा । हेटौंडा–४ स्थित कभर्ड हलमा शनिबार सम्पन्न जिल्लास्तरीय खुल्ला टेबलटेनिस प्रतियोगिताको उपाधि रविन्द्र नेपालले जितेका छन्।
जिल्ला टेबलटेनिस संघ मकवानपुरको व्यवस्थापन तथा राष्ट्रिय युवा संघ, नेपाल हेटौंडा–४ नम्बर वडा कमिटीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा नेपालले डिफेन्डिङ च्याम्पियन एन्जल डी. विष्टलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारे।
प्रतियोगितामा एन्जल डी. विष्ट दोस्रो तथा परासर वाग्ले तेस्रो भए। विजेता नेपालले नगद ५ हजार रुपैयाँ, उपविजेता विष्टले ३ हजार रुपैयाँ तथा तेस्रो भएका वाग्लेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उनीहरूलाई प्रमाणपत्र, शिल्ड तथा मेडलसमेत प्रदान गरिएको थियो।
प्रतियोगितामा मकवानपुर जिल्लाका करिब ४० जना खेलाडीको सहभागिता रहेको थियो। आयोजकका अनुसार जिल्लामा टेबलटेनिस खेलको विकास तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। समापन समारोह राष्ट्रिय युवा संघ, नेपाल हेटौंडा–४ नम्बर वडा कमिटीका अध्यक्ष सुरज ब्लोनको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला कमिटी इन्चार्ज रामेश्वर प्रमुख अतिथि रहेका थिए।
त्यस्तै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल, जिल्ला कमिटी सहसचिव आरती पाठक, जिल्ला सहसचिव तथा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा लामालगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति थियो।







