हेटौँडामा खैरो हिरोइनसहित ३१ वर्षीया महिला पक्राउ

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रहरीले खैरोहिरोइन लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीया सुष्मा तिमल्सिना रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागुऔषध बिक्री वितरण गर्ने उद्देश्यले घरमा लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार राति करिब १२ः१५ बजे संयुक्त प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।
तिमल्सिना सुत्ने कोठामा रहेको कपडा राख्ने स्टिलको दराजमा लुकाइराखेको अवस्थामा प्लास्टिकको एक पुरियामा खैरो फेला पारेको हो।प्रहरीका अनुसार तौल गर्दा ३ ग्राम ८५० मिलिग्राम रहेको छ।
बरामद लागुऔषधसहित तिमल्सिनालाई नियन्त्रणमा लिइएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.