विश्व बाल दिवसमा हेटौँडामा बालअधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम

हेटौँडा ।३९ औं  विश्व बाल दिवसको अवसरमा हेटौँडामा बालअधिकार तथा बालबालिकाको सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा हेटौँडा–१० स्थित बसपार्क क्षेत्रमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा माइती नेपाल मकवानपुरकी संयोजक माया लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलकी निर्मला लामा, हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा बालअधिकार संरक्षण, बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरण र बालबालिकाको सुरक्षित भविष्य निर्माणका विषयमा सर्वसाधारणलाई जानकारी गराइएको थियो। साथै बालअधिकार, बालसुरक्षा र बालबालिकाविरुद्ध हुने हिंसा तथा शोषण रोकथामसम्बन्धी जनचेतनामूलक पर्चा वितरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.